कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित,उम्मेदवारको नामबारे आन्तरिक छलफलमा जुटे नेताहरु
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।
राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न केन्द्रीय कार्यालय सानेपामा केहीबेर बसेर बैठक स्थगित गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
बैठक स्थगित गरेर नेताहरु उम्मेदवारको नामबारे आन्तरिक छलफलमा जुटेको जनाइएको छ ।
स्थगित भएको बैठक आजै बेलुका फेरि बस्ने र आज रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने तयारी गरिएको उनको भनाइ छ ।
राष्ट्रियसभामा कांग्रेस र एमालेले ७–७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ।
तर क्लस्टर टुङ्ग्याउन बाँकी छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE