शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सांसद र नेताहरूलाई अनावश्यक रुपमा सिंहदरबार मन्त्रालयमा नधाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकमा सम्बोधनका क्रममा लामिछानेले सांसदहरू र नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।बैठकका क्रममा सभापति लामिछानेले पार्टीका सांसद, केन्द्रीय सदस्यहरूलाई विभिन्न मन्त्रालयहरूमा अनावश्यक उपस्थिति नजनाउन समेत निर्देशन दिएको प्रवक्ता मनिष झाले बताएका छन् ।

‘जनप्रतिनिधि र पार्टीका कार्यकताको समस्या र गुनासो सम्बोधन गर्न पार्टी कार्यालयमा हरेक दिन एकजना केन्द्रीय सदस्य र एकजना सांसदको उपस्थिति गराउँछौँ’, रविको निर्देशनबारे झाले भने, ‘त्यसका लागि नयाँ क्यालेन्डरको सुरुवातसमेत गरिएको छ । त्यहीकारण सांसद र मन्त्रीहरूलाई मन्त्रालयमा अनावश्यक भीड नगर्न भनिएको हो।’त्यसैगरी बैठकमा सभापति लामिछानेले सांसदहरूलाई कडा निर्देशन दिँदै आफन्त र नातागोताका लागि नियुक्ति खोज्दै नहिँड्न पनि भनेका छन् ।उनले जेन(जीहरूको बलिदानबाट आफूहरू सत्तामा आइपुगेको बताउँदै त्यो कुरालाई मनमा लिएर मात्रै अघि बढ्न पनि सांसदहरूलाई भनेका छन्। लामिछानेले जेन(जीको त्याग र बलिदान सम्झिएर आफन्त, साथीभाइ र नातागोतालाई नियुक्ति खोज्दै मन्त्रालयतिर नहिँड्न सांसदहरूलाई कडा निर्देशन दिएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको यस बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह पनि सहभागी भए। तर उनले बैठकमा मौन बसेरै समय बिताए ।यस बैठकले संसद्को वर्खे अधिवेशन अन्त्यपछि आफ्ना निर्वाचन क्षेत्रमा गर्नुपर्ने समन्वय र पहलहरूमा ध्यान केन्द्रित गर्न पनि सांसदहरूलाई निर्देशन दिएका छन् ।यस बैठकले रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । रामजी यादव र गौरीकुमारी यादवलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सप्तरीबाट निर्वाचित सांसद यादवलाई श्रम तथा महोत्तरीबाट निर्वाचित गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने रास्वपा प्रवक्ता झाले जानकारी दिए ।त्यसैगरि बैठकले प्रतिनिधिसभा उपसभामुख पदमा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । रुबीको पक्षमा मतदान गर्ने निर्णयसमेत बैठकबाट भएको प्रवक्ता झाले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x