शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुनसक्ने भन्दै स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने भनिएको छ ।

यसअनुसार मन्त्रालयको अनुरोधपछि धेरै अस्पतालहरूले बिदाको दिनमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गरिरहेका भन्दै मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ । विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको छ ।

नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सबै सरोकारबालासँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x