शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

समस्याग्रस्त अम्बे कोशी सहकारीले थाल्यो साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन् ।

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो ।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार, २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर बचत फिर्ताको प्रक्रिया सुरु भएको हो । उनका अनुसार, २८७ साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ बचतकर्ताको बैंक खातामा पठाइएको छ ।

समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरेको थियो ।

सहकारीले असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख भन्दा बढी छ । २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको छ ।

प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बो कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । समस्याग्रस्त घोषणापछि सरकारी समितिले जिम्मेवारी लिएर सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो ।

कोशी सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलो पटक बचत फिर्ता गर्ने काम सुरु भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x