शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल

काठमाडौँ ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्।

ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनले बिहीबार सांसद पुरुषोत्तम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थनमा सभापतिका लागि मनोनयन दर्ता गरेका थिए।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति ढकालले समितिलाई दलगत सीमाभन्दा माथि उठाएर प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका छन्। विगतमा विभिन्न कारणले समितिहरू प्रभावकारी रूपमा चल्न नसकेको उल्लेख गर्दै उनले अब त्यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले वर्तमान स्थिर सरकारलाई सघाउँदै सुशासन कायम गर्न समितिको भूमिका महत्वपूर्ण हुने पनि बताए।

साथै, समितिमा प्राप्त उजुरीहरूलाई प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्वपूर्ण विधेयकहरूमाथिको छलफललाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x