शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

अवैध क्रसर उद्योगहरूका कारण सिन्धुपाल्चोकको फटकसिलाका स्थानीय आजित

काठमाडौं सिन्धुपाल्चोकको फटकसिलाका स्थानीयले अवैध रुपमा चलेका क्रसर उद्योगहरूका कारण समस्यामा परेको गुनासो गरेका छन् ।

फटकसिलामा सञ्चालित क्रसर उद्योगहरूले स्थानीयलाई सास्ती दिदा समेत सरोकारवाला निकायले ध्यान नदिएको गुनासो उनीहरुले गरेका हुन । स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयलाई पटक–पटक अनुगमन गरी कानुनी दायरामा ल्याउन आग्रह गर्दा पनि कसैले वास्ता नगरेको स्थानीयको भनाई छ । क्रसरकै कारण आफुहरुले धुलो, धुवा मात्रै होइन सडकमा आवात–जावत गर्न समेत कठिनाई परेको दुखेसो उनीहरुको छ ।

जिल्ला समन्वय समिति र नगरपालिका स्तरबाट यसअघि पनि धेरै पटक अनुगमन भएपनि सञ्चालकले अटेरी गर्दै आएका छन् । कुनै ठोस सुधार वा नीतिगत निर्णय नगर्दा आफूहरुलाई समस्या भएको स्थानीयको भनाई छ । फटकसिलाको विकास, सुशासन र जनताको मर्का तथा समस्याको समाधान गरिदिन उनीहरुको आग्रह छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x