बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ

काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने बताएका छन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।

राजीनामाबारे उनले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

सो क्रममा उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरू को कहाँ कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

गुरुङ स्वार्थको द्वन्द्व नहोस् भनेर आफूले पदबाट राजीनामा दिएको पनि उल्लेख गरेका छन् । साथै, आफूमाथि निष्पक्ष छानबिन गर्न पनि उनले माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x