सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

विश्वविद्यालयमा प्रहरी बल प्रयोग र विचारधारा निषेध गर्ने शैलीको काँग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली काँग्रेसले सरकारको पछिल्लो कदमले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यताको उपहास गरेको बताएको छ ।

सानेपामा शुक्रवार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् । राष्ट्रपतिबाट संसदको बैठक आह्वान गरिसकेपछि बैठक प्रारम्भ नै नभई सरकारको सिफारिसमा स्थगित गरिनु संसदीय राजनीतिक प्रणालीको परम्परा विपरितको अभ्यास भएको उनको भनाइ छ । उनले कार्यपालिकाले व्यवस्थापिकालाई एउटा औजारको रुपमा मात्र प्रयोग गर्न खोज्नु चिन्ताको विषय भएको बताए । संसद नीति निर्माण र संवादको थलो भएकोले यसलाई सोही गरिमा र उचाईबाट व्यवहार गरिनुपर्ने उनको माग छ ।

यस्तै शैक्षिक क्षेत्रलाई राजनीतिक दल मुक्त क्षेत्र बनाउने विषयमा उठिरहेका बहसका नेपाली काँग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रवक्ता चालिसेले विश्वविद्यालयहरु अनुसन्धान र ज्ञानको मन्दिर हुनुपर्नेमा जोड दिँदै त्यहाँका संस्थाहरुलाई ‘निमोठ्न’ खोज्नु बुद्धिमानी कदम नभएको बताएका हुन् । प्रहरी फोर्स प्रयोग गरेर संस्थाहरु ध्वस्त पार्छु भन्नु जिम्मेवार सरकारको भाषा नभएको उनको टिप्पणी छ । विकृति हटाउन आचरण र अभ्यासमा सुधार हुनुपर्ने तर संस्था नै समाप्त पार्ने सोचले समस्या हल नहुने उनको तर्क छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x