आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

मधेस सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

काठमाडौं। सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।आइतबार सत्तारुढ चार दल कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी र लोसपा नेपालको संयुक्त बैठकले यही सरकारलाई निरन्तरता दिँदै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने निर्णय गरेका हुन् ।

उनीहरूले साझा विज्ञप्तिमार्फत् यथाशीघ्र चाँडो मुख्यमन्त्री यादवले विश्वासको मत लिने पनि निर्णय गरेको जनाएका छन् । गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x