आगामी आर्थिक वर्ष २०८३,०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । सोमबारदेखि सुरु भएको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्री जवाफदेही बनेको खोइ ?’ लेखिएको पर्चा बोकेर विरोध जनाएका हुन् । यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित भएका थिएनन्।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए त्यसैलाई लिएर श्रम संस्कृती पार्टीले विरोध जनाएको हो ।बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चासहित सरकारको विरोध गर्दै सभामुख आसन अगाडी वेलमा पुगेर मौन प्रदर्शन गरेपछि उनले त्यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सांसदहरुलाई सचेत गराएका छन् ।
संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिएका थिएसँगै श्रम संस्कृतीका सांसदहरुले घाटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी भएका थिए । ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका सांसद अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सो आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन् । उनले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए । उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने बताए ।बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरिन् । कुवेत लगायतका मुलुकहरुमा नेपाली मानव तस्करहरुले १० देखि १२ लाखमा नेपाली महिलाहरुलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेकी हुन् ।
यस्तै बैठकमा बोल्दै अन्य सांसदहरुले जनताका जल्दाबल्दा समस्याहरु तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । सांसदहरु अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानहरुका लागि समयमा नै मल, विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भिर बन्न सरकारलाई सचेत गराएका हुन् । किसानलाई खेतीवालीका लागि आवश्यक पार्ने सबै सामग्रीहरुको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद रानामगरले झापामा एशिएन हाईं वे बनाउनका लागि बस्तीमा वायु प्रदुषण हुने गरी अलकत्र निर्माण कार्य गरिएको भन्दै तत्काल हटाउनका लागि सरकारसँग माग गरिन् । पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ ।
सांसदहरुले सरकारले पर्यटन प्रवद्र्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छत् । कर्मचारीहरुको नियुिक्त प्रक्रियामा ढिलाई नगर्न पनि उनिहरुले सरकारलाई दबाब दिएका छन् । सरकारले नागरिकको सेवाको कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE