सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री वाग्ले नभएपछि सांसद सिंहको आपत्ति, संसदको औचित्य नै समाप्त पार्न खोजेको आरोप

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको जारी छलफलमा भाग लिँदै उहाँले सरकारले परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको समेत स्पष्ट पारे । सांसद सिंहले संसदीय व्यवस्थामा संसदमा बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थिति हुने परम्परा रहेको र त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्नेमा त्यसो नगरेर संसदको औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप पनि लगाए । नयाँको नाममा सबै भत्काउने छुट सरकारलाई नभएको उनको भनाइ छ ।

उनले भने,‘वास्तवमा परम्परा तोडने नाममा सबै परम्परा तोडियो । बजेट विनियोजन प्राथमिकता हुँदाखेरी अर्थमन्त्री जहिले पनि बस्ने सिष्टम थियो । परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ । हामी पाँच चोटीको सांसद पनि सबै परम्परा भत्काउँदै गयौ भने यो संसदको औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्री सिष्टम समाप्त हुन्छ । हाम्रो देश, हाम्रो संविधान, पार्लियामेन्ट्री सिष्टम अंगिकार गरेको छ । जहाँ अल पार्लियामेन्टरी इक्वायल हुन्छ । प्रश्न सरकारसँग गरिन्छ । र, सांसदले जनताका कुरा पनि सरकारसँग राखिन्छ । यो बीस वर्षको कार्यकालमा म पहिलोचोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दैछ कि । यो कस्तो परम्परा सूरुवात हुँदैछ? नयाँको नाम सबै भत्काउने होइन । सिंहदरवार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउ । मन्त्री पद पनि भत्काउ । सबै चिज चेन्ज गरौन । किनकी जति व्यस्त भएपनि त्यो औचित्यपूर्ण हुुनु पर्छ के । अति भएपछि बोल्न बाध्य भए । त्यही भएर बालेको हो ।’

सांसद सिंहले् आफू छ पटक सांसद भएको तर संसदमा बजेटबारे छलफल हुँदा अर्थमन्त्री नभएको पहिलो पटक भएको भन्दै आक्रोश व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x