‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य
काठमाडौं । महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिंगले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम ‘१०० वोमन इन विजनेस’को औपचारिक रुपमा शुभारम्भ गरेको छ ।
बिहीवार काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा ‘१०० वोमन इन विजनेस’को शुभारम्भ गरिएको हो । फरक फरक पृष्ठभुमिका १०० जना महिलाहरूलाई एउटै टिममा आवद्ध गरी व्यावसायिक सहकार्य र क्षमता अभिवृद्धि गर्ने यस व्यवसायिक सहकार्यको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सिइओ एञ्जेला श्रेष्ठले बताइन् । महिलाहरुबीच व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको शुरुवात गरिएको श्रेष्ठको भनाइ छ । उनकाअनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गरिनेछ ।
उनले भनिन्, ‘हामीहरुको मुख्य उद्देश्य भनेको हामीले अनलाइनबाटै विजनेश गर्ने हो । हामी शुद्ध विजनेश नै गर्ने हो । हामी कुनै सोसियल वर्क गर्न आएको होइन । हामीले यस व्यवसायमा महिला सशक्तिकरणसँग जोडेका छौँ । तर हामीले सबैले एफोर्ड गर्नसक्ने गरेर एकदमै सस्तोमा विक्रीका लागि राखेका छौँ ।’
उनले काठमाडौंदेखि अनलाइन माध्यमबाट मात्र महिलाहरूले लगाउने गुणस्तरीय र आधुनिक कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउने बताइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE