भिजिट भिसाको नाममा भइरहेको विकृति र विसंगति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी
काठमाडौं । अध्यागमन विभागले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ ।
बिहीवार ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो दाबी गरेका हुन् । उनले भिजिट भिसाको नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि तथा अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको उल्लेख गरे । विभागले विदेशी नागरिकको गतिविधिमाथि समेत प्रभावकारी निगरानी गर्न थालेको उनको भनाइ छ । आवश्यक सबै कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नेपाली नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गरे ।
सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीवार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । सरकारले गत १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार सम्बन्धी घोषणाअनुसार सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । महानिर्देशक तिवारीले सेवाग्राहीको आवेदनको रियल टाइममा जाँच कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय लगायतारे जानकारी दिन रियल टाइम कार्ड लागू गरिएको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE