काभ्रेमा बस दुर्घटनामा परि आठजनाको मृत्यु
काठमाडौं । काभ्रेमा बस दुर्घटनामा परेर आठजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि आठजनाको मृत्यु र १६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । घाइतेलाई उद्दार गरेर धुलिखेल अस्पताल ल्याइएको छ ।
काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको थियो । घाइतेहरुको हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको र केहीको अवस्था चित्ताजनक रहेको जनाइएको छ । घटनाको विस्तृत अनुसन्धान जारी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE