इलामका चिया उद्योगहरू बन्द
काठमाडौं । इलामका चिया उद्योगहरू बन्द भएका छन् ।
भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले सोमबारदेखि उत्पादन बन्द गरेका हुन् । अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा धेरै र नेपालका उद्योगहरूमा ७ लाख किलो तयारी चिया थन्किएको छ । भारतीय भन्सारमा नेपाली चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन् ।मौज्दात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनले बताएका छन् ।
पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू सोमबार देखि र तराईका सीटीसी चिया उद्योगहरू असार ४ गतेदेखि बन्द हुनेछन् । नेपालमा उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीहरूको गुनासो गरेका छन् । उद्योग बन्द हुँदा हजारौँ मजदुर र हरियो पत्ती बेच्ने किसानहरू प्रत्यक्ष मारमा परेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE