मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको छः अध्यक्ष ओली
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनैपनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरे । आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भएपनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको उनको आरोप छ । उनले आम जनताले न्याय पाउने गरी आफूहरुले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे ।
अध्यक्ष ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघले अखिल नेपाल फुटबल संघलाई निलम्वन गरेको आरोप लगाए । उनले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिए । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरे ।
अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याए । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाई थियो । उनले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी समेत गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE