बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

रास्वपाको अनुशासन आयोग प्रमुखमा पौडेल नियुक्त, सचिवालय–पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय, पदाधिकारी तथा केन्द्रीय सदस्य कसैलाई पनि तत्काल मनोनित नगर्ने निर्णय गरेको छ ।

पार्टीको पहिलो महाधिवेशनपछि बुधबार बसेको केन्द्रीय समिति बैठकमा मनोनयनको विषयमा निर्णय नभएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकमा मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा सदस्यबीच शुभकामना आदानप्रदान गरिएको उनको भनाइ छ। साथै, पार्टीका तीन विभागमा नेताहरूको जिम्मेवारीबारे प्रारम्भिक छलफल भएको उनले बताए । रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य तथा १० जना पदाधिकारी मनोनित गर्ने अधिकार रहेको छ । त्यसअनुसार आगामी दिनमा आवश्यकताका आधारमा मनोनयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ ।

यसैबीच, बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा भने लेखनाथ पौडेललाई मनोनित गरेको छ । कास्की निवासी पौडेल उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनलाई अनुशासन आयोगको प्रमुख बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा पेश गरेका थिए । यस्तै बैठकले निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ ।रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका विभिन्न सङ्गठनात्मक संरचनालाई पूर्णता दिने क्रममा उक्त निर्णय गरेको हो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x