आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैकले आजको लागि नेपाली बिदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ । आइतबारका लागि निर्धारण गरिएको मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरी डलर १ को नेपाली खरिददर १३४ रुपैयाँ ६ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । युरो १ को नेपाली खरिददर १४७ रुपैयाँ ८९ पैसा र बिक्री दर १४८ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै युकेको पाउण्ड १ को नेपाली खरिद दर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तथा स्विस फ्र्यांक डलर १ को नेपाली खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १७ पैसा रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE