राष्ट्रपति पौडेलले आज ३ः३० मा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पौडेलले विजया दशमी २०८१ को अवसरमा आज दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् ।
साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE