दशैंलगायतका चाडपर्वहरु तडकभड्क नगरी मनाउनु पर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दशैंलगायतका चाडपर्वहरु तडकभड्क नगरी मनाउन आग्रह गरेकी छन् । पूर्व राष्ट्रपति भण्डारीले दशैंलगायतका चाडपर्वहरुलाई परम्परागत संस्कृतिको रुपमा मान्नुपर्ने र यसको संरक्षण गर्नुपर्ने भएपनि यसलाईतडकभडकपूर्ण ढंगले मनाउन नहुने धारणा राखेकी हुन् ।
न्यूज एजेन्सीनेपालसँगको कुराकानीमा उनले बाढी, पहिरो र डुबानले देशमा ठूलो धनजनको क्षतिभएको बेला दशै आएपनि शोकाकुल परिवारजनमा खुशी छाउन नसकेको बताइन् । उनलेद शैं जस्ता चाडपर्वलाई पनि समय अनुकूल मनाउनुपर्ने बताइन् ।
दशैं जस्ता चाडपर्वहरुले नेपालीहरुमा आपसी सदभाव, प्रेमलाई अझ थप सुदृढ गर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसले सामाजिक सदभाव कामय गर्न, सबै नेपालीमा भावनात्मक एकता कायम गर्न पनि सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, स्वदेश तथाविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई म बडा दशैं विजयादशमीको यस सन्दर्भमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वडा दशैंनेपालीहरुको महान र साझा पर्व पनि हो । विभिन्न समूदायले आफ्नै आफनैतरिकाले यो वडा दशैं मनाई राखेको हुन्छ । यो हाम्रो मौलिक सांस्कृतिक पर्व हो ।यसको आर्थिक–सामाजिक र धार्मिक पनि केही महत्व छ । त्यसैले आफ्नो देशको एउटामौलिक संस्कृतिको हामीले जर्गेना गर्न, प्रवद्र्धन गर्न पनि यस्ता चाडबाडहरुलाई यसको जुनमहत्व छ त्यो अनुसार । र, कहिलेकाँही समयम अनुकूल मनाउनुपर्ने, केही सुधारगर्नुपर्ने कुराहरु हुन्छ । अहिलेको सन्दर्भमा भन्दाखेरी देशका यो अप्रत्याशित वर्षाकोकारणले गर्दा बाढी, पहिरो, डुबानले निकै ठूलो मानवीय क्षति हुन गयो ।आर्थिक क्षति पनि हुन गयो । त्यसैले दशैंको मुखमानै यो कुराहरु भएको हुनाले गर्दाधेरैलाई शोकमा पनि पारेको छ । क्षयमा पनि पारेको छ । त्यसैले मेरोतर्फबाट भन्नुपर्दाचाडबाडहरुको निरन्तरता हाम्रो परम्परागत संस्कृतिलाई हामीले मान्नु पर्छ । सम्वद्र्धन गर्नुपर्दछ । तर धेरै तडकभडक ढंगले मनाउनु हुँदैन भन्ने मलाई लाग्छ । र, म यही नै सबै दाजुभाई,दिदीबहिनीहरुलाई शुभकामना दिन चाहन्छु । यस्ता पर्वहरुले हाम्रो आपसी सदभाव, प्रेमलाईअझ थप सुदृढ गर्छ । चाडपर्वहरुको आफ्नै महत्व पनि छ । त्यसैले हाम्रो एउटा सामाजिकसदभाव कामय गर्नका लागि, भावनात्मक एकता कायम गर्न पनि यस्ता चाडबाडहरु महत्वका हुन्छन । मेरो सबै जनालाई धेरैधेरै शुभकामना छ ।
पूर्वराष्ट्रपति भण्डारीले दशैंजस्ता चाडपर्वले नेपालको मौलिक संस्कृतिको जर्गेमा पनि महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE