गाजाको विद्यालयमा इजरायली आक्रमणः १९ जनाको मृत्यु

काठमाडौं । मध्य गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा विस्थापित व्यक्तिहरू बसेको एक विद्यालयमा इजरायली आक्रमणमा परी १९ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायली तोपले अल–मुफ्ती स्कुलमा गोली हानेको थियो । उत्तरी नुसेरात शिविरमा दर्जनौं विस्थापित परिवारहरू बसेका थिए ।
उद्धार टोलीले बच्चा र महिलासहित १९ शव र करिव ८० जना घाइतेहरूलाई निकालेर मध्य गाजाको अस्पतालमा पुर्याएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE