कार्तिक १० गते काठमाडौंमा माओवादीको खबरदारी सभा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा खबरदारीसभा गर्ने भएको छ । नेकपा (एमानले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको १०० दिन पुरा भएपछि माओवादी केन्द्रले जनप्रदर्शन र खबरदारीसभा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारीसभा गर्ने निर्णय गरेको बताए ।
खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई खबरदारी गर्न जनप्रदर्शन गर्ने जनाएको छ ।
जनप्रदर्शन र खबरदारीसभाका थप एजेन्डा तय गर्न पेरिसडाडामा बैठक जारी छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE