बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालका साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउनका टिकटकद्वारा कार्यशालाको आयोजना

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ । #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो ।

दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्ने बारे गहन प्रशिक्षण प्राप्त गरेका थिए ।

कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रबर्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो । सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो । उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए । त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो। कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको थियो ।

#GrowWithTikTok कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर पनि प्रदान गरेको थियो किनकि सहभागीहरूले उक्त कार्यशालामा विभिन्न उद्योगका साथीहरूसँग जोडिन, अनुभवहरू बाँड्न र साझा चुनौती र समाधानका बारेमा छलफल गर्ने मौका पाएका थिए । यस सहयोगी वातावरणले स्थानीय व्यवसायहरूबीच हार्दिकताको भावनालाई बढावा दिँदै थप साझेदारी र सामूहिक विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।

यो पहल डिजिटल युगमा फस्टाउनका लागि आवश्यक पर्ने उपकरण र स्रोतहरू उपलब्ध गराएर विश्वभरका साना व्यवसायलाई सशक्त बनाउने टिकटकको फराकिलो प्रतिबद्धताको एक हिस्सा हो । साना तथा मझौला व्यवसायको क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि टिकटकले यसलाई प्रबर्धन गरेर नेपालको विकास यात्रामा आफू प्रमुख साझेदार बन्ने लक्ष्य राखेको छ ।

टिकटकको बारेमा

टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मानिसहरूलाई आनन्द दिलाउनु हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो सहित विश्वभरि नै कार्यालयहरू छन् । www.tiktok.com

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x