रवि लामिछानेको आज दोश्रो पटक म्याद थपिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज दोश्रो पटक म्याद थपिने भएको छ । कास्की जिल्ला अदालतको हिरासतमा रहेका सभापति लामिछानेको पहिलो ६ दिनको म्याद सकिएसँगै आज दोश्रो पटक म्याद थप हुन लागेको हो ।
सहकारी ठगी अभियोगमा गत शुक्रबार पक्राउ परेका लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ । यही कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
पक्राउ परेको दिन गएको शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो । अदालतले दिएको म्याद सकिएकाले आज फेरि म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE