शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

महिला साफ च्याम्पियनसिपमा बंगलादेशसँग हार्‍यो नेपाल

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । नेपालले लगातार दोस्रो पल्ट साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको सातौं संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो । यसँगै नेपाल लगातार दोस्रोपल्ट बंगलादेशसँग पराजित हुंदै उपाधिविहीन भएको हो ।

गत संस्करणमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपालले छैटौं पटक साफको उपाधि जित्ने अवसर खेर फाल्यो । बंगलादेशको जितमा मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काइन् ।

पहिलो हाफमा गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा भने तीन गोल भयो । बंगलादेशले अग्रता दिलाए पनि नेपालले गोल फर्काएको थियो । तर, अन्तिम समयमा बंगलादेशले गोल थप्दै नेपालको सपना पूरा हुन दिएनन् । त्यसअघि दोस्रो मिनेटमा नै तोहुरा खातुनले नेपालको गल्तीको फाइदा उठाउँदै शुरुमै अग्रता लिने अवसर गुमाइन् । नेपालकी डिफेन्डर गीता रानाले गोलकिक प्रहार गर्ने क्रममा चिप्लिएपछि नजिक रहेकी तोहुराको खुट्टामा पुग्यो । तर उनले गोलको दिशा दिन सकिनन् । १० औं मिनेटमा नेपालले अग्रता लिने सुन्दर प्रयासमा माथिल्ला बार बाधक भयो । अमिसा कार्कीले पेनाल्टी बक्स बाहिरबाट गरेको शसक्त प्रहार बारमा लागेर फर्कियो ।

२४ औं मिनेटमा बंगलादेशकी डिफेन्डरले मध्यभागबाट गरेको लामो प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाका लागि चुनौती बन्न सकेन । ३२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले करिव २२ यार्डबाट गरेको फ्रिकिक प्रभावकारी रहेन । बंगलादेशले लगातार दबाब बनाए पनि पहिलो हाफमा नेपालले बराबरीमै रोक्यो ।

दोस्रो हाफमा नेपालका डिफेन्डरको गल्तीको फाइदा उठाउककंदै बंगलादेशले गोल गर्यो । प्रीति राईको मिस पास सदुपयोग गर्दै मोनिका चक्माले तीन डिफेन्डरलाई छक्याउककंदै गोल गरिन् । तर, ५६औं मिनेटमा नै नेपालले काउन्टर अट्याकमा गोल फर्कायो । करिब मध्य भागबाट प्रीति राईले दिएको थ्रु पासमा अमिसा कार्कीले सुन्दर गोल गरिन् । सविता रानामगरले पेनाल्टी बक्सभन्दा केही बाहिरबाट २२औं मिनेटमा मारिया मान्दाले करिव ३५ यार्डबाट टप कर्नर च्याप्दै गरेको शसक्त प्रहार नेपालकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले उत्कृष्ट पन्च गर्दै घरेलु टोलीको ठूलो संकट टारिन् ।

७६औं मिनेटमा रश्मिकुमारी घिसिङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बंगलादेशकी गोलकिपर रुपना चक्माका लागि खासै चुनौती बनेन । ८१औं मिनेटमा रितु पोर्ना चक्माको उत्कृष्ट गोलबाट बंगलादेशले अग्रता लियो । लेफ्ट साइडबाट रितुले दोस्रो बार च्याप्दै गरेको प्रहार नेपालकी गोलकिपर एन्जिलाको हातमा छुंदै गोलमी परिणत भयो । इन्जुरी समयमा बंगलादेशको हेडर पनि एन्जिलाले बचाइन् ।

यसपछि नेपालले गोल फर्काउन सकेन र लगातार दोस्रो फाइनल गुमायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बंगलादेशकी रितु पोर्ना चक्मा भइन् । बंगलादेशकै गोलकिपर रुपना चक्मा उत्कृष्ट गोलकिपर र भूटानकी देकी लाजोम सर्वाधिक गोलकर्ता चयन भए ।

प्रतियोगितामा भूटानले फेयर प्ले अवार्ड प्राप्त गर्यो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले च्याम्पियन बंगलादेशलाई ट्रफी प्रदान गरे । सो कार्यक्रममा उपप्रधान तथा शहरी विकाशमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायत उपस्थित थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x