शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

डोनाल्ड ट्रम्प बने अमेरिकाको ४७ औं राष्ट्रपति

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । अमेरिकाको ४७ औं राष्टैपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७६ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले हालसम्म २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन् ।

ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन् । उनी २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति रहेका थिए । त्यति बेला उनले डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

ट्रम्पले दोस्रो कार्यकालको लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार बनेका थिए । उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

ट्रम्पले यसपटक समेत गरी लगातार तेस्रोपटक अमेरिकी राष्ट्रपतिमा उमेदवारी दिएका हुन् । यसपटक उनी पुनः विजयी बनेका छन् ।

ट्रम्पले मतगणना जारी भइरहेका बेला फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरिसकेका छन् । उनले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति बनाएकोमा अमेरिकनवासीलाई धन्यवाद दिए ।

“अमेरिकाले हामीलाई शक्तिशाली बहुमत दिएको छ,” सम्बोधनका क्रममा ट्रम्पले भनेका थिए । उनले आफ्नो जितलाई अमेरिकी जनताको सानदार जित भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपतिमा पुनः विजय भएका ट्रम्पले ४७औँ राष्ट्रपतिको जिम्मेवारी सन् २०२५ जनवरी २० बाट सम्हाल्ने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x