बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनाधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनाधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आईतवार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो ।

२०७३ साल पुस १८ गते अनाधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए ।

उनले भने, ‘२०७३ साल पुस १८ गते राष्ट्रिय सहकारी विकास बोर्डले यो अनधिकृत रुपमा बनाएकाले ललितपुर उपमहानगरपालिकाको तत्कालीन उपमहानगरपालिकाको निर्णयअनुसार अहिलेसम्म विभिन्न कारणले मुद्दाहरु हाल्यो । अहिले सम्मानित उच्च अदालत, सर्वोच्च अदालतबाट भत्काउने फैसला गरेका कारण आज हामीले यो भत्काएको हो ।’

सो अनाधिकृत रुपमा भत्काइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । यसैबीच स्थानीयवासीले पनि सो बोर्ड भवनले आफूहरुको घर जाने सडक समेत मिच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय सरला राजभण्डारीले बोर्ड भवनले आफूहरुको घर जाने सडक बाटो समेत भिचेको दाबी गर्दै आफूहरुमाथि न्याय गर्न ललितपुर महानगरपालिकालाई अनुरोध गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x