शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

राष्ट्रिय बीमा बोर्डका अध्यक्षको राजीनामा स्वीकृत

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । सरकारले राष्ट्रिय बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते आईतवार बसेको मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो ।

सोमवार सो मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिरामी भई काम गर्न नसक्ने व्यहोरासहित लोहनीले दिएको राजीनामा स्वीकृत गरिएको बताए ।

त्यसैगरी बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ पनि स्वीकृत गरेको छ । मन्त्रीपरिषद् विधेयक समितिबाट सुझावसहित आएका ती विधेयकहरु पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले भने, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आएएफएडी १३ रिप्लेनिसमेन्ट का लागि नेपालको सरकारको तर्फबाट ७५ हजार अमेरिकी डलर योगदान भुक्तानीय स्वीकृति प्रदान गर्ने । त्यो कोषमा हामीले अनुदान दिनुपर्ने थियो । त्यसैकारण यो निर्णय हामीले गरेको हो । नेपाल सरकार र स्विडेन बीच हुने बाईटेलरल एग्रिमेन्ट फर इन्गेजमेन्ट इन कोअपरेटिभ एप्रोचेज इन्भल्भभिङ इन्टरनेशनल्ली ट्रान्सफरेड मिटिगेशन आउटकम्स विषयक द्धिपक्षीय सम्झौता स्विकृत गर्ने र उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने । सहरी विकास मन्त्रालयसँग जोडिएको एउटा विषय छ । अछाम जिल्लाको साँझेबगर नगरपालिका वडा नम्बर ६ मा पर्ने साविक माष्टमाण्डौ गाविस वडा नम्बर १ मा जग्गा एकीकरण आयोजना संचालन गर्न स्विकृति प्रदान गर्ने निर्णय पनि भएको छ । त्यस्तै स्वास्थ्य विमा बोर्डको अध्यक्ष डा. गुणराज लोहनीले विरामीका कारण पेश गर्नुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यस्तै मन्त्रीपरिषद विधेयक समितिमा यस भन्दा अघिको मन्त्रीपरिषद बैठकले पठाएका दुई वटा नियमावलीहरु भन्सार महशुल नियमावली, २०८१ विधेयक समितिबाट छलफल भएर मन्त्रीपरिषदमा फेरि पेश भएको हुनाले त्यसलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ । राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ लाई पनि सोही प्रक्रिया बमोजिम विधेयक समितिले आफ्नो सुझावसहित मन्त्रीपरिषद्ले पठाएको हुनाले सो नियमावली पनि स्वीकृत गरिएको छ ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषमा ७५ हजार अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । नेपाल सरकार र स्विडेनबीच हुने बाईटेलरल एग्रिमेण्ट फर इन्गेजमेण्ट इन कोअपरेटिभ एप्रोचेज इन्भल्भभिङ इन्टरनेशनल्ली ट्रान्सफरेड मिटिगेशन आउटकम्स विषयक द्विपक्षीय सम्झौता स्वीकृत गर्ने र उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, अछाम जिल्लाको साँझेबगर नगरपालिका वडा नम्बर ६ मा पर्ने साविक माष्टमाण्डौ गाविस वडा नम्बर १ मा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x