बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भलिबल खेलाडी उषा भाट भटेनीको स्पोर्ट्स ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाट भटेनी सुपर मार्केटको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त भएकी छिन् । महाराजगञ्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत भाट भटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

सो अवसरमा खेलपोशाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्‍यो । कार्यक्रममा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

भाट भटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ । उनले हरेक महिना ८३ हजार तीन सय ३३ रूपैयाँ प्राप्त गर्ने भाट भटेनीले जनाएको छ । टी टेनले भने पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सो अवसरमा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x