आज यस वर्षकै सबैभन्दा बढी चिसो, यी स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । तापक्रम घट्ने क्रममा रहेसँगै काठमाडौं उपत्यकामा चिसो पनि बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव छ । देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना छ ।
आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE