सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु

काठमाडौं । सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा शुरु भएको छ । चीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ विधि भएको हो ।
नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी बालकलाई जानकी मन्दिरको प्राङ्गणमै घुमाउने परम्परा रहेको छ । त्रेतायुगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगरदर्शन गरिने गरिन्छ ।
त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगरदर्शन गरेको तथा मिथिलावासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यता अनुसार नगरवासीले स्वागत गर्ने परम्पराअनुसार ‘नगरदर्शन’ गराइन्छ ।
सात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शनका अतिरिक्त फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE