कांग्रेसको विरासत तोड्यो माओवादीले

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको एक पालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन । यस पटक भने कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।
निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले ६९७९ मत ल्याएका छन् । काँग्रेसका बलराम सरदारले ५३३३ पाएका छन् ।
२०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत पाए ।
मोरङको ग्रामथान गाउँपालिका तत्कालीन बनिगाँमा, मोतीपुर, लखन्तरी, झोराहाट, तेरीयता गाविस मिलेर बनको हो । मोरङको क्षेत्र नम्बर ४ मा पर्ने सो पालिका समेत रहेको छ । यहाँबाट लगातार अमनाल मोदी विजयी हुँदै आएका छन् । त्यो भन्दा पहिला भने काँग्रेस नेता महेश आचार्यले निर्वाचन जित्दै आएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE