आजको मौसम, तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल कोशी प्रदेश र वागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागहरू लगायत बाँकी तराईका भू–भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत वागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE