पत्रकार महासंघको निर्वाचन आज, बिहान १० बजेदेखि ४ बजेसम्म मतदान

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ । देशभरका पत्रकारहरुको छाता संस्था रहेको महासंघको निर्वाचनका लागि आज बहिान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान समय तोकिएको हो ।
महासंघको जिल्ला, प्रदेश र केन्द्र तीनै तहको निर्वाचन आज हुन लागेको छ । महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने पत्रकार महासंघले जनाएको छ ।
निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र छन्। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र हुने निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE