शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आईएमस कलेजमा भिजन अलाइनमेन्ट सेसन सम्पन्न

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । हालै आईएमस कलेजमा हल्ट प्राइजको भिजन अलाइन्मेन्ट सेसन सम्पन्न भयो । यो कायक्रमको अतिथिका रुपमा हल्ट प्राइजको पूर्व क्याम्पस डाइरेक्टर विकेस अधिकारी, ज्योती विकास बैंकको शाखा निर्देशक सुजन रेग्मी, आईएमस कलेजको ‌मार्केटिङ डाइरेक्टर सरोज उपाध्याय, आरस्क फुडबाट कृपा तुलाधार थिए । यो सेसनको इस्पोनसरको रुपया लाभा लन्ज एण्ड बार, ग्लोबल टेलर, क्रियटिब लिङ प्राइभेट लिमिटेड, जाम पाउरोटी, डाबर, आरस्क फुड र ज्योति विकास बैंक रहेका थिए ।

सत्रको सुरुवातमा ईशा बुद्धाचार्य र श्रेया कपालीद्वारा प्रमुख अतिथिहरुलाई स्वागत गरिएको थियो । सुरुमा ज्योती विकास बैंकका शाखा प्रमुख सुजन रेग्मीले अतिथिको रूपमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आईएमस कलेजमा हल्ट प्राइजलाई अन क्याम्पस जर्नीमा सहयोग गर्ने बताए ।

यसैगरी पूर्व क्याम्पस डाइरेक्टर विकेस अधिकारीले हल्ट प्राइजको भिजनलाई प्रस्ट पारे । युवाहरुले व्यापार व्यवसायबाट कसरी समाजमा सकारात्मक प्रभावका साथै दिगो विकास गर्न सकिन्छ भन्ने उनले खुलाए । पहिलाका ग्लोबल स्तरीय विजेता टिमहरु जस्तै रोसनी राइड, इको भाना र नेपालमा नाफामूली रहेका सामाजिक व्यवसाय जस्तै खाली सिसी, स्मार्ट कृषिको उदाहरण दिई प्रतिस्पर्धीहरुका बारेमा उनको स्पटता रहेको थियो । उनले डिजाइन थिन्किङका चरणहरु र आगामी दिनमा प्रतिस्पर्धीले फाइनलमा कसरी आईडिया पिच गर्ने कुरा छोटकरीमा उल्लेख गरे । उनले यो सत्रमा विद्यार्थीलाई प्रश्न गर्दै कार्यक्रमको माहोललाई प्रतिस्पर्धी उन्मुख गराए ।

यसपछाडी सन्चलाकहरुले भिजन बोर्ड क्रियाकलाप गराए प्रतिस्पधीहरुले आफ्नो भिजन लेखेर बोर्डमा राखेका थिए र उक्त विजेतालाई आगामी आउने सेसनमा पुरस्कार दिने घोषणा गरियो।

यसैगरी श्रेया तुलाधारले आर्कस फुडलाई प्रतिनिधित्व गर्दै छोटो मन्तव्य सुनाइन् । कार्यमको अन्त्यमा सबै विद्यार्थीबाट सेसनलाई अझै आगामी दिनहरुमा सुधारात्मक बनाउन प्रतिक्रिया लिइयो । यो सत्रले हल्ट प्राइजको बारेमा प्रतिस्पस्पर्धीलाई स्पष्ट बनायो । साथै सबैले हल्ट प्राइजको यात्रामा जोडिने अठोट गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x