रवि लामिछाने बिहीन रास्वपाको बैठक, के भयो निर्णय ?

काठमाडौं । रास्वपाको सचिवालय बैठकले केन्द्रिय विभाग तथा आयोगमा सदस्यहरु मनोनित गरेको छ । काठमाडौं केन्द्रिय कार्यालयमा बिहीवार बसेको बैठकले केन्द्रिय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनित गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले केन्द्रिय संगठन विभागमा लम्जुङका धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनित गरिएको बताए । पार्टीको केन्द्रिय समितिको बिस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा। स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समिक्षा प्रश्तुत गरेको जानकारी दिए । पार्टीको केन्द्रिय समितिको बिस्तारित बैठक आगामी पुस १९,२० र २१ गते बस्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE