बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पूर्जी जारी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको ‘मार्सल ल’का कारण यो ‘वारेन्ट’ जारी गरिएको हो ।

पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । त्यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइएको थियो ।

मार्सल ल लागु गर्ने युनको निर्णयमाथि अनुसन्धान भइरहेको छ । उनीमाथि विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।

हालसम्म के भयो ?
अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका निम्ति तीन ‘समन’ पठाइए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि यो वारेन्ट जारी गरिएको हो । वारेन्टमार्फत अदालतले अनुसन्धानकर्तालाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ ।

आइतबार राति अनुसन्धानकर्ताले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए । तर, युनका वकिलले अनुसन्धानकर्ताको यो कदमलाई ‘अवैध’ भनेका छन् ।

मार्सल लको घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ । बीबीसी हिन्दी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x