बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् ।शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उनको जोड छ । उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताए । उनले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारले ध्यान दिनुपर्ने यो जुन चश्मामा चाहीँ भ्याट लाइरहेको छ । जस्मा भन्नासाथै फेरि पावर ग्लासहरुलाई गनिन्छ । तर आजकल त के छ भन्दाखेरि पावरग्लास मात्रै होइन फेरि निकै फेन्सिबल चश्माहरु पनि हामी पाउँछौं । त्यस्ता चस्माहरु बाहेक आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चश्माहरुमा भ्याट हटउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरु आइरहेका छन् । हाम्रो स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यु पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु । तपाईको संस्था गैरसरकारी भएको र नाफामुलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनु नै पर्ने हुन्छ । त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’

उनले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रसंशा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x