राजनीतिक शुद्धता बिना देशले काँचुली फेर्दैनः सर्वेन्द्र खनाल

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा पूर्व सुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरुलाई चैन नहुने बताए । उनले समृद्ध देश नबनाएसम्म आफूहरु शान्त भएर बस्न नसक्ने बताए । उनले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । राजनीतिक शुद्धता नभइकन देशले काँचुली नफेर्ने उनको बुझाइ छ ।
उनले भने, ‘यो देशलाई सुनौलो र समृद्ध नबनाउँदासम्म तपाईं हामी जो जहाँ छौँ, हामी शान्त रुपमा बस्न सक्दैनौँ । यो आमा रोइरहँदा बाहिर गएर हाँसेर बस्नसक्ने अवस्था छैन । यो देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हामीले सक्नुपर्छ । यो देशलाई जुनसुकै अवस्थामा क्राइसिसमा चाहे सुरक्षाको चासोमा टड्कारो आवश्यकता होस्, नेपालीहरुले दुःख पाउने बाटोको अन्त्य हामीले गर्नुपर्छ । अब राजनीति शुद्धता नभइकन देशले काँचुली फेर्दैन ।’
पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE