बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अध्यादेशबारे निर्णय गर्न बसेको जसपा, नेपालको बैठक निस्कर्षबिहिन

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्ने कुनै निर्णय लिन नसकेको हो ।

सरकारले ल्याएको अध्यादेश प्रतिनिधि सभाको बैठकबाट सहजै पारित हुने भएपनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति नरहेपछि जसपा, नेपालसँग सरकारले समर्थनको लागि आग्रह गरिरहेको छ । सोही विषयमा निर्णय गर्न संसदीय दलकोबैठक बसेको भएपनि संसदको आजको कार्यसूचिबाट अध्यादेशसम्बन्धी विषय हटेपछि कुनै निर्णय नगरेको पार्टीकी प्रमुख सचेतक रेखा यादवले बताए । उनकाअनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबाट अध्ययन गर्न पार्टीको तर्फबाट बनाइएको कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ ।

उनले भने, ‘अध्यादेशबारे कार्यदलले अध्ययन गरेको प्रतिवेदन हामीले पार्टीका अध्यक्ष उपेन्द्र यादवज्युलाई बुझाएका छौँ । संसदको कार्यसूचि अध्यादेशबाट हटेसँगै हामीले पनि अर्को दिन बस्नेगरी बैठक स्थगन गरेका छौँ । एक दुई दिनमै निर्णय हुनेछ । सुकुम्बासीको पहिचान हुनुपर्‍यो । भूमिहिनलाई पहिचान गरेर जहाँको बासिन्दा हो त्यहाँ नै बसोवास हुुनपर्छ । उनीहरुलाई बसाईंसराई गर्नु हुँदैन ।’

उनले २६ गते पुनः बैठक बसेर अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्नेबारेमा निर्णय लिइने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x