बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

देशभर पश्चिमी वायुको सामान्य असर, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । आजदेखि सोमवारसम्म हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसँगै एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अन्य प्रदेशको मौसम सामान्यतया सफा रहने अनुमान छ । भोलि र पर्सि भने बाग्मती प्रदेशका एक–दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिहानीपख तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x