बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष दाहाल

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताए । उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताए । उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे । उनले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए ।

उनले भने, ‘अहिले स्थिति त्यति सहज गइरहेको छैन । सदन शुरु भएको छ । सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन् । तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोण र कतिपय सारको दृष्टिकोणले पनि भूमि सम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यस विषयमा पनि सदनमा मैले स्पष्टसँग भनेको छु । हाम्रो ध्यान मधेसको जनतालाई संगठित र परिचालित गर्नेकुरामा केन्द्रित हुन्छ । सरकारले आफूसँग दुई तिहाई छ भन्ने गरेको छ । दुई तिहाई भएको सरकारले अध्यादेशको बाटो जानु हुँदैन थियो । दुई तिहाई हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्नेकुरालाई प्रमाणित गरेको छ । अहिले प्रश्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने दुई तिहाई उनीहरुसँग छैन भन्ने देखिन्छ । राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि कठिन छ । बाहिर जसरी चिजहरु आइरहेको छ, जनता समाजवादी पार्टीको । जसपाले भूमि सम्बन्धी अध्यादेशको विधि, प्रक्रियाका बारेमा अडिनुभएको छ । उहाँहरु अडिनुहुन्छ । उहाँहरुले आफ्नो अडान छोड्नुभएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ । एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गरे । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए । मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x