बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज कस्तो होला देशभरको मौसम ? यस्तो छ पूर्वानुमान

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यतिबेला कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

अहिले तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको परामर्शमा भनिएको छ, ‘आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x