आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि तोकिएको विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेािली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
यूके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर एक सय ५४ रूपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७८ पैसा तय गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ । सिंगापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १० पैसा र बिक्रीदर नौ रूपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ११ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ दुई पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा तोकिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ दुई पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ १३ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ०४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ६० पैसा निर्धारण भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE