शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

माओवादी केन्द्रको आरोपः सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पर्‍यो

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाएका छन् । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए ।

उनले सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गरे । उनले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको संकेतका रुपमा लिएको समेत बताए ।

उनले भने, ‘यो घटनाक्रमले सरकार सुशासनका पषमा छैन र सरकार सम्पुर्ण रुपमा असफल भएको संकेतको रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रसस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसदले गम्भिरताका साथ लिनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x