बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेताहरुले नैतिक चरित्र पुनःस्थापित गरौँः मन्त्री पाण्डे

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।काठमाडौंमा शनिवार आयोजित मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट दी प्याक्टिस अफ चाइना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चीनका राष्ट्रपति सि जिन पिङले अघि सारेको नैतिकताको विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरुले अनुशरण गर्नुपर्ने बताए । उनले भौतिक विकासले मात्रै आत्मसन्तुष्टि दिन नसक्ने भएकाले आत्मिक विकासका लागि पूर्वीय दर्शनले निर्देश गरेको बताए ।

उनले भने, ‘आज दुनियाँले मानव सभ्यताले भौतिक विकास त गर्‍यो नै तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव ।मानवले आत्मिक विकास, आत्मसन्तुष्टिको विषय जुन हाम्रो दर्शनले हामीलाई निर्देशित गरेको कुरा हो । परोपकार पुण्याय, वसुधैव कुटुम्वकम यो हाम्रो संस्कृतिको महत्वपूर्ण पुँजी हो, सम्पती हो । हामी नेपालीले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले जुन विचार अगाडि सार्नुभएको छ हामी हाम्रा राजनीतक दलहरुले पनि यो विचारलाई जनस्तरमा पु¥याउनु पर्नेछ । हामी राजनीतिक दल र दलका मानिसहरुले उच्च नैतिक चरित्र राजनीतिमा पुनःस्थापित गर्नुपर्ने छ । हामीले केवल मिठो मसिनो खाना नरम र तातो नाना मात्रै होइन मन भित्रको शान्ति मन भित्रको आत्मसन्तोष यसलाई पनि अभिवृद्धि गर्नुपर्ने छ । त्यो भनेकै मेटरियल र कल्चरल कुरासँग इथिक्स जोडिएको छ भन्ने लाग्छ ।’

मन्त्री पाण्डेले नेपाल र चीनबीच संस्कृतिका राम्रा पक्षहरुको आदानप्रदान गर्नुपर्नेमा जोड दिए । उनले असल नैतिक चरित्र निर्माण गर्नसके नेपालले आफ्नै खुट्टामा उभिएर उज्वल भविष्य निर्माण गर्न सकिने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x