बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । ओली नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो स्वदेश फर्किने जनाइएको छ ।

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली चार दिनअघि बैंकक गएका छन् ।

बैंककमा रहँदा ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता पनि गरे । साथै बिमस्टेक राष्ट्रका समकक्षीहरुसँग उनले छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x