शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । आज पनि अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा रहेको थियो ।

यस्तै, आज युरोपियन युरोको मूल्यमा सामान्य वृद्धि भएको छ । आज युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा रहेको छ। बुधबार युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा रहेको कायम भएको थियो ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x