शिक्षक आन्दोलनको असर, शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं । विभिन्न माग राखेर शिक्षकहरुले राजधानीमा गरेको आन्दोलन निर्णायक मोडमा पुगेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल गरेर उनीहरुका माग सम्बोधन गर्ने तयारी भइरहेका बेला मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी हुन् ।
शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।
मन्त्री भट्टराईले यही प्रकरणले गर्दा राजीनामा दिएकी हुन् या अरु कुनै कारण थियो भन्ने खुलि सकेको छैन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE