काठमाडौंका सुकुम्वासीका लागि कडा आन्दोलनमा उत्रिदै आजपा
काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा दिन माग गर्दै भूमी समस्या समाधान आयोग ताहाचल, काठमाडौंमा आज ज्ञापनपत्र बुझाएको छ ।
आजपाका सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, कार्यालय सचिव रन्जुकुमारी साह, सुकुम्वासी संघर्ष समितिका संयोजक सुनिता सिलवाल सहितका नेताहरुको टोलीले आयोगका विज्ञ सदस्य टेकबहादुर शाहलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।
‘जनताको कर लिने तर काम नगर्ने । तलब खाने तर सुकुम्वासीको समस्या समाधान किन भएन रु जनताको समस्या समाधान आयोगले नगरी राजनीतिक भर्तीकेन्द्रको रुपमा बनाउनु गलत हो,’ आजपा सहअध्यक्ष थापामगरले भने ।
सुुकुम्वासी समस्या समाधान नभए र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा यथाशिघ्र नदिइए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने आजपा नेतृ साहले जनाएकी छन् । ‘सुकुम्वासीको कर चल्ने, मत चल्ने तर उनीहरुलाई खानेपानी, विधुत, शिक्षा, स्वास्थ्य नदिनु सरकारको मानवता विरोधी कार्य हो । सुकुम्वासीलाई यथाशिघ्र जग्गाधनी लालपुर्जा नदिइए हामी कडाभन्दा कडा आन्दोलन गर्न वाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ,’ आजपा नेतृ साहले भनिन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE